अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत

राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत


काठमाडौं-राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकले राष्ट्रिय सभाको माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ।

शुक्रबार बसेको समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि २०८० माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुने अपेक्षासहित कार्यतालिका बनाएको छ।

संसदको आउने अधिवेशनमा सरकारले कतिवटा, के कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने बिषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।