अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका साँसदलाई प्रशिक्षण सहित आज र भोली संसदीय दलको बैठक

एमालेका साँसदलाई प्रशिक्षण सहित आज र भोली संसदीय दलको बैठक


काठमाडौं- संसदको हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । आज दिउसो १२ बजे संसद भवनमा एमाले दलको बैठब बैठक बस्न लागेको हो । संसदको हिंउदे अधिवेशन माघ २२ गते अपरान्ह ४ बजेबाट सुरु हुदैछ ।
राष्ट्रियसभामा विपक्षी दलका नेता देवेन्द्र दाहालका अनुसार आज र भोली दुवै सदनको संयुक्त बैठक बस्न लागेको हो । बैठकमा आगामी अधिवेशनमा समग्र राजनीतिक परिदृष्य,एमालेका साँसदहरु संसद बैठकमा कसरी प्रष्तुत हुने,सरकारले ल्याएका विधेयक तथा प्रस्तावहरु माथीको छलफलमा कसरी तथ्यपरक बनाउने भन्ने बारेमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले निर्देशन दिनुहुने दाहालले बताउनुभयो ।
एमलेका कतिपय साँसदले चाहे अनुसारको भूमिका निर्वाह गर्न नसकेको गुनासो आइरहेका बेला यसपाली पार्टीले दुई दिने बैठक आयोजना गरेको छ । अध्यक्ष ओलीले निर्वाचित भएर आए देखि नै सबै साँसदहरुलाई विषयवश्तु राम्ररी अध्ययन गरेर संसदमा प्रभावकारी रुपमा प्रष्तुत हुन निर्देशन दिनु भएको थियो । तर कतिपय साँसदहरुले अध्यक्ष ओलीको निर्देशन अनुसार काम नगरेको,विषय र संसदीय प्रक्रियालाई बुझ्ने प्रयास पनि नगरेको गुनासो आइरहेको छ ।

दाहालका अनुसार केही विज्ञहरुबाट साँसदहरुलाई प्रशिक्षित गर्ने तयारी पनि छ । जसमा विधयेक कसरी बन्छ,त्यसमा साँसदहरुले कसरी आफ्ना मत राख्ने लगायतका कानुनी विषयमा पूर्व महान्यायधिवक्ता रमेश वडालले प्रशिक्षण दिने कार्यसुची छ । यसैगरी बजेट निर्माण प्रक्रिया,नेपालको अर्थतन्त्रका वर्तमान चुनौतिमा एमालेका साँसदहरुले उठाउनु पर्ने विषयमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले साँसदहरुलाई प्रशिक्ष्ँण दिनुहुने छ । यस्तै पूर्वपराष्ट्रमन्त्री बिमला पौडेल राईले समसामयिक र सामाजिक क्षेत्रका विविध विषयहरुमा प्रशिक्षण दिनुहुनेछ । बैठक भोली पनि १२ बजे बस्ने दाहालले जानकारी दिनुभयो ।