अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरेको :अध्यक्ष ओली

गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरेको :अध्यक्ष ओली


काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताउनुभएको छ ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गर्नुभएको छ ।
‘सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति’ अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले अहिले रेमिट्यान्स बढेकामा सरकार खुशी भएको तर युवालाई विदेश जानबाट रोक्न नसकेको उल्लेख गर्नुभयो ।
‘उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको हो । तर रेमिट्यान्सबाट देश चलाउने जस्तो घातक कुरा अरु केही हुन सक्दैन’ उहाँले भन्नुभयो ।

कोरोना महामारीजस्तै केही विश्वव्यापी समस्या आएमा रेमिट्यान्स प्रभावित हुने र देश अस्तव्यस्त हुने ओलीको भनाइ छ । ‘दिगो विकास लक्ष्य भेट्न भनेर हामी हिँडिरहेका छौं । रेमिटयान्स अर्थतन्त्र भनेको दिगो विकास हुन्छ ? दिगो विकास लक्ष्यको विपरीत कुरा होइन यो ?’ अध्यक्ष ओलीको प्रश्न थियो ।