अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लाखौं ताराको बीचमा चन्द्रमाले उज्यालो छरे जस्तो एमाले कार्यकर्ताले समाजमा उज्यालो छर्नु पर्दछ : केपी शर्मा ओली

लाखौं ताराको बीचमा चन्द्रमाले उज्यालो छरे जस्तो एमाले कार्यकर्ताले समाजमा उज्यालो छर्नु पर्दछ : केपी शर्मा ओली



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताउनुभएको छ ।
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले देशको अवस्थाकै कारण युवाको पलायन बढेको बताउनुभयो । अहिले रेमिटेन्सबाट देश चलाउने जस्तो घातक काम सरकारले गरेको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । ‘कस्तो अवस्था, कस्तो परिपाटी ल्यायो यो गठबन्धनले, देशको अवस्था नाजुक छ, जनताको अवस्था नाजुक छ’, ओलीले भन्नुभयो ।
सरकारले दिगो विकासको लक्ष विपरीतको काम गरेको ओलीले बताउनुभयो । ‘हिँड्नु पर्ने बाटो एकातिर छ, हिँड्ने काम अर्कोतिर भएको छ, जानु पर्ने राजनीति एकातिर छ, अर्कातिर हिँडेको छ, सरकार बन्ने, बनाउने, टिकाउने, त्यो भन्दा पर्तिर राजनीति नै भएन, देशकै लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन, यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म’, ओलीले भन्नुभयो ।
जनताका पिर, मर्का र समस्यामा सरकारको ध्यान नगएको ओलीले बताउनुभयो । जाजरकोटमा भूकम्पपीडित अहिले पनि प्लास्टिकमुनि नै बस्दा पनि सरकारले केही नगरेको ओलीले जानकारी दिनुभयो । नीति बनाउनै दुई चार वर्ष लाग्ने हो भने कलिला बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिक मरिसक्ने उहाँले बताउनुभयो । मानिस मरिसकेपछि कसका लागि काम गर्ने रु भन्दै उहाँले प्रश्न गर्नुभयो ।
भूकम्प पीडितलाई पठाएको सामान बाटोमै सत्तारुढ दलका नेताहरूले लुट्ने गरेका ओलीले बताउनुभयो । ‘सत्ताको आडमा हुने नहुने सबै काम भइरहेको छ, यस्ता बेथितिका विरुद्ध हामीले खोजी खोजी आवाज उठाउनु पर्छ, थितिमा ल्याउने काम गर्नुपर्छ सरकारलाई’, उहाँले भन्नुभयो ।
सरकारले हरेक क्षेत्रमा भ्रष्टाचार गरेको बताउँदै बुद्धको अस्तु समाधिस्थ गरिएको रामग्रामको स्तुपा क्षेत्र उत्खनन गर्न दिने निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो योजना अनुसार गर्नुभएको ओलीको भनाइ छ । सम्राट अशोकले २३ सय वर्ष अघि पनि नखोलेको रामग्रामको स्तुपा अहिले प्रधानमन्त्रीले सेटिङमा खोल्ने ठेक्का लगाएको ओलीले बताउनुभयो ।
घरबेटीको छोराको नाममा कम्पनी खोलेर एउटा एउटा इँटाको महत्त्व भएको ठाउँलाई ठेक्कामा दिने निर्णय प्रधानमन्त्रीले गराएको ओलीले बताउनुभयो । ‘त्यो खोल्ने देश विकासको होइन, देशको समृद्धिको होइन, आफ्नो विकास र समृद्धिको लागि पहिलेदेखि नै योजना बन्यो’, ओलीले भन्नुभयो ।
ओलीले सो स्तुपा क्षेत्र डोजर वा गैँची लगाएर नभई युनेस्कोको उपस्थितिमा साना ब्रस लगाएर संरचना नभत्किने गरी उत्खनन गर्नुपर्नेमा सरकारले मनलाग्दी गरेको बताउनुभयो । बैङ्कको लकरमा राखिएको सम्पत्तिमा बुलेट भेटिने ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउनुको रहस्य अहिले खुलेको ओलीले बताउनुभयो । लामालाई लुम्बिनीको विकास गर्न होइन, रामग्रामबाट विकास आफू तर्फ सोझ्याउन उपाध्यक्ष बनाउने काम भएको उहाँको भनाइ छ । ओलीले पुरातत्त्व विभागलाई पनि लटरपटर गरेर जागिर खाने काम नगर्न पनि आग्रह गर्नुभयो ।
सरकार अहिले भ्रष्टाचारको तानाबाना बुनेर बसेको ओलीले बताउनुभयो । पूर्व मन्त्री र उपप्रधानमन्त्री बनेका मानिसलाई हिरासतमा राख्ने सरकारले एउटा पक्राउ गरेको व्यापारीलाई भने प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगेको भन्दै ओलीले आलोचना गर्नुभयो ।
केही वर्ष पछि सरकारको स्वामित्वमा आउने एनसीयल समेत कौडीको भाउमा अर्को कम्पनी खडा गरेर बेच्न दिने र त्यसबाट कमिसन लिने दाउनमा सरकाका अधिकारी रहेका ओलीले बताउनुभयो । सरकार निर्लज्ज भएर भ्रष्टाचारमा उत्रिएको ओलीले टिप्पणी गर्नुभयो ।
सरका अहिले बेलगामा भएको ओलीको टिप्पणी छ । राज्य सत्ताको दुरुपयोग गरेर सरकारले रेडक्रस र स्काउट जस्ता पवित्र संस्थाको समेत अधिवेशन गर्न नदिएको ओलीले बताउनुभयो । ‘कतिसम्म सत्ताको दुरुपयोग रु कुनै संस्था चल्न नपाउने, कोही चल्न नपाउने’, उहाँले भन्नुभयो ।
एक सय किलो सुन पक्राउ परेको भन्ने सरकारले एक महिना पछि ६ केजीमा झारेको ओलीले बताउनुभयो । साँढे नौ केजी पक्राउ परेको सुन कारबाही गर्ने बेलामा २ केजीमा झारिएको भन्दै उहाँले सरकारले गरेको तस्करीको उदाहरण दिनुभयो ।
कुनै घटना आउँछ भने त्यसलाई बुझेर त्यसका विरुद्ध आवाज उठाउन जरुरी रहेको ओलीले बताउनुभयो । देशलाई अरबौँ नोक्सानी पारेर केहीले केही करोड कमाउने तरिका अहिलेको गठबन्धनले अवलम्बन गरेको उहाँले बताउनुभयो । अहिलेको सरकार भ्रष्टाचार, तस्करी र अयोग्यताको पर्यायवाची भएको उहाँले दाबी गर्नुभयो ।
सरकारको मस्तिष्कमा कतै पनि देश र जनता नरहेको उहाँले प्रष्ट पर्नुभयो । यसले देशलाई गम्भीर प्रभाव पारेको ओलीले बताउनुभयो । देशको हितको लागि, देशको सार्वभौमसत्ताको रक्षाको लागि आवाज उठाउनु पर्ने उहाँको भनाइ छ ।
देशलाई कुठाराघात गरेर छिमेकीको दलाली गरेर उनीहरूसँग चिप्ला कुरा गर्नु नहुने ओलीले बताउनुभयो । छिमेकीसँग सँगै बसेर कुरा गर्ने सक्ने हैसियत यो सरकारको नभएको उहाँले टिप्पणी गर्नुभयो । नेकपा एमालेले कुनै छिमेकीसँग आग्रह पूर्वाग्रह नराखेको बताउँदै ओलीले आफ्ना धारणा स्पष्ट रूपमा राख्नु पर्ने प्रष्ट पार्नुभयो ।
एउटा चन्द्रमाले लाखौँ तारको बिचमा उज्यालो छरे जस्तै एउटा एमाले र एमाले कार्यकर्ताले देशलाई प्रज्वलित गर्न सक्नु पर्ने उहाँले बताउनुभयो । एमालेलाई अन्य पार्टीसँग मिसाएर उस्तै उस्तै बनाउने प्रयास गरिएको भए पनि त्यो एमालेले स्विकार्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । एमालेको भूमिका संसददेखि सडकसम्म एकदमै सशक्त हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
अहिले सामाजिक र संस्कृति क्षेत्रमा देखिएको विचलनको विषयमा पनि नेकपा एमाले गम्भीर रहेको ओलीले बताउनुभयो । राष्ट्रिय स्वाभिमान थाम्न नसक्नेले सामाजिक स्वाभिमान जोगाउन नसक्ने उहाँको भनाइ छ । त्यसैले अहिलेको गठबन्धन विरुद्ध नेकपा एमालेको सुदृढ र प्रभावकारी भूमिका हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
देशमा नैतिक मूल्य मान्यता नै हराएको भन्दै ओलीले अहिले चुनाव हारेकालाई राष्ट्रिय सभाका स

Skip This