अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुब्बा

एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुब्बा


काठमाडौँ-नेकपा एमाले झापा-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा ध्यानबहादुर (ललित) सुब्बा चयन हुनुभएको छ।

सम्पर्क मञ्चको १३ औं सम्मेलनले शनिबार अध्यक्षमा सुब्बा सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

मञ्चको उपाध्यक्षमा मनोज दाहाल र पुष्पा अधिकारी चयन हुनुभएको छ। यसैगरी सचिवमा युवराज बस्नेत, सहसचिवमा हेम कुरमा पकवाल र नीता पोखरेल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्ष मनिष ढकाल चयन हुनुभएको छ।

त्यस्तै, मञ्चका सदस्यहरुमा रोमन काफ्ले, मनोहर गौतम, पारस न्यौपाने, अर्पण सिवाकोटी, संगीता बराल, कल्पना खतिवडा, दिल बहादुर तामाङ, मोहन भट्टराई, शील प्रसाद भट्टराई, प्रकाश चन्द्र पाण्डे, रमा पाण्डे, कमल काफ्ले रहेका छन्।

त्यसैगरी, सोम डोटेल, तिलक विश्वकर्मा, सन्ज्योति नेम्वाङ, तुलसी कन्दङंगवा, मायादेवी उप्रेती, हरि बहादुर राउत, सुनिल भेटवाल, रुपेश भट्टराई, झुमा पाण्डे तथा नर्बदा बस्नेत सदस्यमा निर्वाचित हुनुभएका सचिव युवराज बस्नेतले जानकारी दिनुभयो।

निर्वाचित भइसकेपछि अध्यक्ष सुब्बाले एमालेको नीति नियममा रहेर देश र जनताको सेवा गर्न मञ्चको तर्फबाट आवश्यक योगदान गर्ने बताउनु भयो।