अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पश्चिम एशियामा बदलिदो शक्ति समीकरणप्रति अध्यक्ष ओलीको चासो

पश्चिम एशियामा बदलिदो शक्ति समीकरणप्रति अध्यक्ष ओलीको चासो


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम एशियाको पछिल्लो तनावग्रस्त राजनीतिक परिस्थितिप्रति चासो व्यक्त गर्नुभएको छ।

आज नेकपा एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको ‘पश्चिम एशियामा बदलिदो शक्ति समीकरण र विश्व भूराजीतिमा त्यसको प्रभाव’ विषयक अन्तरक्रियालाई सम्वोधन गर्दै ओलीले यस्तो चासो व्यक्त गर्नुभएको हो। पछिल्लो समय पश्चिम एशियाको राजनीतिमा विभिन्न खाले उचार-चढाव भैरहेको अवस्थाप्रति संकेत गर्दै ओलीले अरु देशका बारेमा छलफल र विश्लेषण गर्दा नेपालले अपनाउनु पर्ने कुटनीति र रणनीतिका बारेमा पनि सन्तुलित हुनुुपर्नेमा जोड दिनुभयो।

‘मुख्य गरेर पश्चिम एशियाका विभिन्न देशमा रोजगारीका लागि १२ लाख भन्दा नेपाली पुगेका छन्,’ ओलीले भन्नुभयो, ‘त्यहाँ युद्ध भयो भने उनीहरुको रोजगारी मात्रै खोसिदैँन। उनीहरुको सुरक्षाको कुरा पनि महत्वपूर्ण हुन्छ। यी विषयमा नेपाल सबै भन्दा चनाखो रहनुपर्छ र त्यसका लागि तयारी अवस्थामा बस्नुपर्छ।’

उहाँले पश्चिम एशियाली क्षेत्रमा युद्ध सुरु भयो भने भने त्यति धेरै नेपालीलाई तुरुन्त नेपाल फर्काउने स्रोत-साधनको समेत अभाव हुने भन्दै त्यसका लागि पनि सोच्नुपर्ने बताउनुययो। उहाँले त्यसका लागि सरकारले तयारी थाल्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष ओलीले पश्चिम एशियाका विभिन्न देशमा रोजगारीका लागि गएका युवाहरुको रेमिट्यान्सबाट नेपालको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै त्यहाँको पछिल्लो अस्थिर अवस्थाले नकरात्मक प्रभाव पारेको अवस्थामा नेपालको अर्थतन्त्र समेत धरापमा पर्न सक्ने उल्लेख गर्नुभयो। ‘त्यस्तो चुनौतिपूर्ण अवस्थाको आँकलन गर्दै नेपालले कम्तिमा पनि आफ्नो देशका जनताका लागि प्रयाप्त खाद्यन्न उत्पादन गरी उपयोग गर्ने अवस्था बनाउने गरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि कृषि उत्पादनमा जोड दिनुर्छ। कुनै पनि बेला हाम्रो देशका नागरिकलाई फिर्ता ल्याउनु पर्ने अवस्था आउनसक्छ । त्यसका लागि हामी सबैले कृषि उत्पादनमा जोड दिनुको विकल्प छैन।’

ओलीले गलतलाई गलत र राम्रोलाई राम्रो भन्ने कुटनीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पूर्वराजदूत डाक्टर नारद भारद्वाजल कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले कार्यपत्र प्रस्तुत गर्दै पश्चिम एशियाको पछिल्लो राजनीतिमा विभिन्न खाले उचारचढाव भैरहेको स्मरण गराउनु भएको थियो। उहाँले हमासले इजरायलमा आक्रमण गरेयता सुरु भएको युद्धले समग्र मध्यपूर्व क्षेत्रमा एकपछि अर्को गर्दै विभिन्न खालका नयाँनयाँ परिवर्तनहरु देखा पर्न थालेको उल्लेख गर्नुभएको थियो। अमेरिकाले इराक र सिरियामाथि गरेको आक्रमण, पाकिस्तानमा इरानले गरेको आक्रमण र त्यसको बदलामा पाकिस्ताले इरानमा गरेको आक्रमण त्यसका उदाहरण भएको उहाँले उल्लेख गर्नुभएको थियो। गत साता मात्रै जोर्डनमा अमेरिकी सैनिक शिविरमा भएको आक्रमण र त्यसको प्रतिकार स्वरुप अमेरिकाले गरेको आक्रमण जस्ता घटनाले पनि पश्चिम एशियाको राजनीतिमा उतार-चढाव देखिएको उल्लेख गर्नुभयो। यमनमा रहेका हुथी समहुले बन्दरगाहमा आएका अन्तराष्ट्रिय जहाजनमा गरेको आक्रमणपछि बेलायत र अमेरिका लगायतका देशले त्यहाँ पुनः गरेको आक्रम जस्ता सन्र्दभ पनि कार्यपत्र प्रस्तुतका क्रममा उल्लेख गर्नुभएको थियो।

कार्यक्रमा नेकपा एमाले महासचिव शंकर पोखरेलको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराई, सचिव डाक्टर अञ्जान शाक्यलगायतले पनि आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।