अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसदलाई अध्यक्ष ओलीको निर्देशन: संसदमा गलत बोल्नेको विरोध गर्नू

एमाले सांसदलाई अध्यक्ष ओलीको निर्देशन: संसदमा गलत बोल्नेको विरोध गर्नू


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदलाई सचेत गराउनु भयो।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज पार्टी संसदीय दलको बैठक समापन गर्दै उहाँले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदको ध्यानाकर्षण गराउनु भयो। गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो। 

अध्यक्ष ओलीले संसद् बैठकमा सशक्त भूमिका निर्वाह गर्न आफ्ना सांसद्हलाई निर्देशन दिनुभयो ।

बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्राविधिक र वैचारिक स्पष्टतासाथ बैठकमा सहभागिता जनाउन निर्देशन दिनुभयो।

उहाँले सदन बैठकमा गल्ती बोल्नेहरुको रेकर्डबाट हटाइयोस् भन्न आवश्यक नरहेको तर्क समेत बताउनुभयाे। तर कसैले गल्ती बोलेको वा गरेको भए सदनमा विरोध भने जनाउनुपर्ने अध्यक्ष ओलीकाे सुझाव छ। उहाँले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिनुभयाे।

संघीय संसद्को बैठक सोमबार अपरान्ह ४ बजेका लागि बाेलाइएको छ। सोमबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने लगायत कार्यसूची छन्।