अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश गठबन्धनकोे बन्दी बनेको छ : राजेन्द्र गौतम

देश गठबन्धनकोे बन्दी बनेको छ : राजेन्द्र गौतम


विराटनगर- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देश गठबन्धनको बन्दी बनिरहेको आरोप लगाउनुभएको छ ।

सोमबार विराटनगरमा प्रेस चौतरी मोरङले २६ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार वितरण सामारोहमा बोल्दै नेता गौतमले देशको राजनीति गठबन्धनले कब्जा गरेको बताउनुभयो ।

गठबन्धनका कारण देश अस्तव्यस्त र उकुसमुकुस भएको उहाँले बताउनुभयो । सरकारले सुशासनका नाममा विभिन्न खाले सम्झौता गरिरहेको उहाँको भनाइ छ ।

देश ठूलो आर्थिक संकटमा रहेको बताउँदै गौतमले भन्नुभयो, ‘आर्थिक अवस्था धारासायी छ । गाउँघरमा विकास निर्माणका काम ठप्प छन् । कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था छ ।’

उहाँले नयाँ आएका दलहरुबाट पनि परिवर्तन सम्भव नभएको बताउनुभयो । जनताले केही गर्छ कि भनेर विश्वास गरेका रवि लामिछाने काण्डैकाण्डमा फसेको गौतमको भनाइ छ ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुईटेलले पत्रकारहरुलाई काममा प्रतिवद्ध हुन सुझाव दिनुभएको छ । पछिल्लो समय पत्रकारिता क्षेत्रमा समाचार लेख्नेभन्दा पनि नेतागिरी गर्नेको संख्या बढिरहेको बताउँदै लुईटेलले श्रमजिवी पत्रकारहरु जागरुक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।