अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले मुलुक र जनताका लागि केही गर्न सक्दैन: अध्यक्ष ओली

गठबन्धन सरकारले मुलुक र जनताका लागि केही गर्न सक्दैन: अध्यक्ष ओली


धनुषा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार लम्बिँदै गए जनतालाई दु:ख थपिँदै जाने बताउनु भएको छ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार आयोजित नेकपा एमाले महोत्तरीको छैठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकार रहनुभन्दा नरहनु नै उत्तम भएको बताउनु भएको हो।

‘कुनै विचार मिलेको गठबन्धन नभएर स्वार्थहरू जोडेर बनाएको गठबन्धनको सरकार आपसमा टकराएर आगोको झिल्कोहरू निस्किरहेको छ,’ ओलीले भन्नभयो, ‘स्वार्थले जोडेर बनाएको गठबन्धन सरकारले मुलुक र जनताका लागि केही गर्न सकेको छैन।’ सरकार निकम्मा, भ्रष्ट र तस्करीको गठबन्धन बनेको उनले टिप्पणी गर्नुभयो।

नेकपा एमालेको सरकार रहेको बेला सञ्चालनमा ल्याइएका सबै योजना तथा कार्यक्रमहरू वर्तमान सरकारले अधुरो र अपुरो छाडेको ओलीले आरोप लगाउनु भयो । कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले गठबन्धनको सरकारले मुलुकमा भ्रष्टाचार र तस्करी बढाएको आरोप लगाउनु भयो।

गठबन्धनको सरकारले जनतालाई अनादर गरेको आरोप लगाउनु भयो । एमाले सचिव सचिव योगेश भट्टराईले सुनकाण्ड, बालुवाटार काण्डलगायतका अनेकौं काण्डमा गठबन्धनकै नेताहरूको संलग्नता रहेका कारण सरकारले छानबिन मेत प्रभावित पारेर देशलाई बर्बाद पारेको आरोप लगाउनु भयो ।