काठमाडौं – झापाली राजनीतिमा ‘सेतो बाघ’ भनेर चिनिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ ।
बुढाथोकीको ८० वर्षको उमेरमा गए राती विराटगर स्थित बिराट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बुढाथोकी पञ्चायतकालमा नै झापाबाट तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत राज्य मन्त्री हुनु भएको थियो ।
२०७० सालको संविधानसभा निर्वाचनमा बुढाथोकी झापा क्षेत्र नं ४ बाट निर्वाचित हुँदै सामान्य प्रशासन मन्त्री समेत हुनुभएको थियो । झापाको अर्जुनधारा नगरपालिका शनिश्चरे निवासी बुढाथोकी रोमान्टिक र हक्की स्वभावका,विपक्षी राजनीतिककर्मी सँग पनि मिलनसार स्वभावका हुनुहुन्थ्यो ।
काँग्रस झापाका सचिव कृष्ण हुमागाँइका अनुसार प्रोस्टेट क्यान्सरले लामो समय देखि पिडित बुढाथोकीलाई पछिल्लो समयमा मृगौला पनि समस्या थियो ।
बुढाथोकीको राजनीतिक,पारिवारिक र सामाजिक जीवनको संस्मरणात्मक पुस्तक ‘आफ्नो आफ्नो सगरमाथा’ नामको पुस्तक प्रकाशन भएको छ ।
प्रतिक्रिया