झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न माग गरिएको छ ।
एमाले धरानको अगुवाइमा आज झापा पुगेर नेताहरुले यो समस्याको समाधानका लागि पहल लिइदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डारीका अनुसार एमाले धरानको ज्ञापन पत्र बुझेपछि अध्यक्ष ओलीले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर प्रतिष्ठानको समस्याका बारेमा जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री दाहालले दुई तीन दिन भित्र समस्याका समाधान खोज्ने प्रतिवद्धता अध्यक्ष ओलीसँग राख्नु भएको भण्डारीले जानकारी दिनुभयो । कोशी र मधेस प्रदेशको मुख्य उपचारको केन्द्रको रुपमा रहेको प्रतिष्ठान लामो समय देखि समस्यग्रस्त रहेको छ ।
एमाले धरानका अध्यक्ष हर्कजंग एभेङका अनुसार प्रतिष्ठानका चिकित्सक र कर्मचारीको बढुवा हरेक तीन महिनामा हुने गरेकोमा केही समय अघि देखि यो प्रक्रिया रोकिएको छ । तीन तीन प्रतिष्ठानको निमित्त उपकुलपति डा.प्रल्हाद कार्कीलाई जिम्मा दिएपछि यो प्रक्रिया रोकिएको हो । उहाँका अनुसार अहिले सिनियर डाक्टहरु आन्दोलनमा छन् । केही समय अघि धरानका मेयर हर्क साम्पाङले आन्दोलनकारीलाई समर्थन गर्दै प्रतिष्ठानमा तालाबन्दी गर्नु भएको थियो । तर अदालतले अस्पतालमा ताला लगाउन रोक लगाएपछि डा.आन्दोलनमा छन् । काम छोडेका छन् । तीन महिना देखि काम गरेका छैन । केही समय अघि अदालतले ताला लगाउन रोक्यो । तर स्वास्थ्यकर्मीको आन्दोलन जारी छ । यस प्रकरणले स्थानीय उपचारमा समस्या भएकोले तत्काल समस्या समाधानका लागि पहल लिइदिन पार्टीले अध्यक्ष ओलीसँग अनुरोध गरेको हो ।
प्रतिक्रिया