अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुलुक निर्माण गर्ने एक मात्र पार्टी एमाले हो: प्रदीप ज्ञवाली

मुलुक निर्माण गर्ने एक मात्र पार्टी एमाले हो: प्रदीप ज्ञवाली


पाल्पा-मुलुक निर्माण गर्ने पार्टी एमाले मात्रै भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो।

एमाले पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

पुरानो सोचका आधारमा नेता बन्न सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो। मुलुक निर्माण र परिवर्तन गर्ने एक मात्र पार्टी एमाले रहेको भन्दै पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्ने उहाँले बताउनु भयो।

‘पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ। यिनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेका छन्। अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेका छन्’, उहाँले भन्नुभयो, ‘व्यक्ति समयअनुसार परिवर्तन हुनुपर्छ। आधुनिकतासँगै घुलमिल हुने क्षमता वृद्धि गर्नेतर्फ लाग्नुपर्छ। समय सापेक्ष बन्न नसके अब जनताले विश्वास गर्दैनन्।’  

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव ज्ञवाली, सचिव पद्मा अर्याल, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सहजीकरण गर्ने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनु भयो ।