अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिटौलाले चुनाव जितेपछि माओवादीको बोली फेरियो : राष्ट्रियसभाको अध्यक्ष आफैंले लिने

सिटौलाले चुनाव जितेपछि माओवादीको बोली फेरियो : राष्ट्रियसभाको अध्यक्ष आफैंले लिने


काठमाडौं- राष्ट्रियसभाको चुनावसम्म कृष्ण सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष मान्न तयार भएको माओवादीले अहिले बोली फेरेको छ ।
संसदीय दलको हिजो र आज बसेको बैठकले राष्ट्रियसभाको अध्यक्ष आफैंले लिने माओवादीले निर्णय गरेको छ । आलोपालो प्रधानमन्त्री अन्तरगत आगामी वर्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट हटेपछि संवैधानिक परिषदमा माओवादीको उपस्थिती शुन्य हुने बरु राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको हैसियतमा सहभागिता जनाउने भएपछि पार्टी भत्र तिव्र मतभेद भएको छ ।
हिजो र आजको बैठकमा साँसदहरुले कुनै पनि हालतमा राष्ट्रियसभाको अध्यक्ष छाड्न नहुने,काँग्रेसलाई उपाध्यक्षमा मनाउनु पर्ने जिम्मा प्रधानमन्त्री दाहाललाई दिएको एक साँसदले बताए । माओवादीको तयारी हाल उपाध्यक्ष रहनु भएकी उर्मिला अर्याललाई अध्यक्षमा बढुवा गर्ने र रिक्त रहेको उपाध्यक्षमा काँग्रेसलाई मनाउनु पर्ने मत माओवादी भित्र बलियो छ । यता काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा मत माग्दा नै सिटौलालाई राष्ट्रियसभाको अध्यक्षको रुपमा प्रष्तुत गरेको थियो । यस अघि प्रधानमन्त्री दाहाललो पनि काँग्रेस नेताहरुसँग सिटौलाले शान्ती प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले राष्ट्रियसभाको अध्यक्ष बनाउन कुनै समस्या नहुने बताउनुभएको थियो ।
यता चुनाव प्रचारका क्रममा महामन्त्री विश्वप्रकाश शर्माले सिटौलालाई राष्ट्रियसभाका अध्यक्ष बनाउने निर्णय भएको बताउनुभएको थियो । काँग्रेस भित्रको आन्तरिक समिकरणका कारण पनि सिटौलाई राष्ट्रियसभाको अध्यक्षमा धकेल्न दोस्रो बरियाताका नेताहरु लागि परेका छन् ।
तर माओवादीको आजको निर्णयले काँग्रेस माओवादीबीच तनाव हुने स्थिती देखिन्छ । काँग्रेस माओवादीले राष्ट्रियसभामा आफ्नो दाबी छोड्ने कुरामा विश्वस्त रहेको एक नतोले बताए । राष्ट्रियसभाका नयाँ सदस्यको सपथ ग्रहण फागुन १९ गते हुने र २१ गते अध्यक्षको निर्वाचन गर्ने तयारी छ ।