अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुँजीगत खर्च १७ प्रतिशत मात्रै हुनु बिडम्बनापूर्ण : साँसद अच्यूत मैनाली

पुँजीगत खर्च १७ प्रतिशत मात्रै हुनु बिडम्बनापूर्ण : साँसद अच्यूत मैनाली


काठमाडौं – सांसद अच्युतप्रसाद मैनालीले पुँजीगत खर्चतर्फ विनियोजित रकमको १७ प्रतिशत मात्र खर्च हुनु विडम्बनापूर्ण भएको बताउनुभएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् मैनालीले भन्नुभयो सरकारको चालु आबको ७ महिना चलिरहँदा पुँजीगत खर्चतर्फ विनियोजित ३ खर्ब रकमको १७ प्रतिशत मात्र खर्च हुनु विडम्बनापूर्ण हो ।

तामागढी( सिम्रौनगढ सडकखण्डबाट प्रभावित किसानलाई तत्काल मुआब्जा दिलाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । ुमुआब्जातर्फ सरकारले बजेट विनियोजन गरेको छ, तर त्यो हात्तीको देखाउने दाँत जस्तो भएको छ, तामागढी सिम्रौनगढ सडकखण्डको करिब ३० किलोमिटरको मुआब्जा २ अर्ब ९७ करोड जनताले बर्षौदेखि पाएका छैनन्, जनता आन्दोलित भएका छन्, म सरकारसँग अबिलम्ब बजेटमा विनियोजन रकमको निकासा गरी किसानहरुलाई जग्गाको मुआब्जा दिलाइयोस् भन्ने माग गर्दछु मैनालीले भन्नुभयो ।