अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा गोकुल बास्कोटाको प्रश्न : आँखा कान नभएको सरकारका लागि शुन्य समयको के भ्यालु ?

संसदमा गोकुल बास्कोटाको प्रश्न : आँखा कान नभएको सरकारका लागि शुन्य समयको के भ्यालु ?


काठमाडौं -नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं साँसद गोकुल बास्कोटाले प्रतिनिधि सभाको शून्य समयको औचित्यबारे प्रशन उठाउनु भएको छ । जनप्रतिनिधिले उठाएका आवाज सरकारले नसुनेको भन्दै त्यसको औचित्यबारे उहाँले प्रश्न उठाउनु भएको हो ।

आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्वमन्त्री बास्कोटाले आफ्नो गृहजिल्ला काभ्रेका किसानहरुले बेचेको दूधको मूल्य नपाएको र त्यहाँको बाटो पिच नभएको गुनासो गर्नुभयो । आफूले पटक(पटक कुरा उठाउँदा पनि बाटो नबनेको उहाँले बताउनुभयो ।
‘नबोले पनि हुन्थ्यो । बोल्न किन पर्यो भने मन्त्रीहरु यहाँ छेउछाउमा आएर बस्नुहुन्छ,’ भन्दै बोल्न सुरु गरेका बास्कोटाले जनप्रतिनिधिको आवाज सरकारले नसुनेकाले ‘शून्य समयको के भ्यालु’ भनेर प्रश्न गरे ।

बास्कोटाले भन्नुभयो , ‘प्रधानमन्त्रीको भनाइ के छ रामराज्य आइसक्यो ? यही हो रामराज्य ? योभन्दा नालायक, योभन्दा गतिहीन, योभन्दा जवाफदेहिताविहीन सरकार इतिहासमा कहिल्यै थिएन । जसको न कान छ, न आँखा छ । कहिले सुन्छ सरकारले ? त्यसैले शून्य समयको के भ्यालु ?’