अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-क्यानाडा एकदिवसीय क्रिकेट: ‘डिशहोम गो’मा एचडी क्वालिटीमा प्रसारण हुने

नेपाल-क्यानाडा एकदिवसीय क्रिकेट: ‘डिशहोम गो’मा एचडी क्वालिटीमा प्रसारण हुने


काठमाडौं-नेपाल र क्यानाडाबीच हुने एकदिवसीय क्रिकेट श्रृंखलाको ​डिशहोम ‘डिशहोम गो’मा एचडी क्वालिटीमा प्रसारण हुने भएको छ।

२०२४ को फेब्रुअरी ८-१२ सम्म द्विपक्षीय श्रृंखलाका खेलहरू टियू क्रिकेट मैदानमा हुँदैछन् ।

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको खेल ‘एक्सन स्पोर्ट्स एचडी १’ र ‘डिशहोम गो’बाट प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएकाे छ।

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ।