अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी रहन्छ: वर्षमान पुन

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी रहन्छ: वर्षमान पुन


काठमाडौं-नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा आफूहरूको दाबी रहने बताउनु भएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकका क्रममा संसद् भवन परिसरमा पत्रकारहरूसँग बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

‘राष्ट्रिय सभा अध्यक्ष प्राकृतिक रुपले माओवादी केन्द्रले दाबी गर्छ। यसमा हाम्रो दाबी रहन्छ’, उहाँले भन्नुभयो, ‘कोसी प्रदेशमा सत्ता गठबन्धन सफल भएन। अहिलेको शक्ति सन्तुलन मिलाउन पनि माओवादीले राष्ट्रिय सभाको अध्यक्ष पाउन पर्छ।’