अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महोत्तरी जिल्ला अध्यक्षमा यादव विजयी

एमाले महोत्तरी जिल्ला अध्यक्षमा यादव विजयी


महोत्तरी-नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्षमा बलिराम यादव विजयी हुनुभएको छ।

१३ वर्ष पश्चात भएको एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशनमा नेतृत्व चयन सहमतिमा हुन नसकेपछि मतदान भएको थियो।

मतदान पश्चात शनिबार बिहान सार्वजनिक गरिएको मतगणना परिणाम अनुसार अध्यक्षमा यादवले २५९ मत ल्याई विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र सिंंहले १५५ मत ल्याएको निर्वाचन अधिकृत उद्धवबहादुर क्षेत्रीले बताउनुभयो।

यसैगरी उपाध्यक्षमा अम्बिका प्रसाद गौतम २३७ , सचिवमा सम्भु ठाकुर २२८, उपसचिवमा फेकन राम चमार २२३ र लेखा समिति अध्यक्ष सूर्य प्रसाद सिंह कुसवाहा २४२ मत ल्याएर विजय हुनुभएको छ।

निकटतम प्रतिद्वन्द्वीहरु उपाध्यक्षमा दलबहादुर थापाले १५५, सचिव जीतेन्द्र चौधरी १५५, उपसचिवमा नयिम अंसारी १४२ र लेखा समिति अध्यक्षमा शम्भु महतो १२२ मत ल्याउनुभयो।