अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन आत्मसमर्पणवादी र विदेशीको लागि कम्फटेवल : प्रदीप ज्ञवाली

गठबन्धन आत्मसमर्पणवादी र विदेशीको लागि कम्फटेवल : प्रदीप ज्ञवाली



काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारकार असक्षम र देश विरोधी भएको बताउनुभएको छ ।
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन शनिबार काठमाडौंमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार देश विकासको बाधक भएको बताउनुभयो । ज्ञवालीले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता जोगाउनको लागि जस्तोसुकै राष्टरघात र सम्झौता गर्न पछि नपर्ने टिप्पणी गर्नुभयो ।
ज्ञवालीले सरकारले आर्थिक, कूटनीतिक, विकास, सुशासन कुनै पनि क्षेत्रमा पनि नागरिकमा आशा जगाउन नसकेको बताउनुभयो । गठबन्धन सरकार बहुआयामिक रूपमा असफल भएको ज्ञवालीको टिप्पणी छ । ‘प्रचण्डजी यसै गरी कुर्सीमा टाँसिएर बस्ने हो भने देश थप बरबादीमा जाने बाहेक कुनै उपलब्धि हुँदैन’, ज्ञवालीले भन्नुभयो ।
ज्ञवालीले राष्ट्रवादी शक्तिलाई कमजोर बनाएर आत्मसमर्पणवादीले विदेशीको लागि कम्फरटेबल सरकार चलाइरहेका बताउनुभयो । विकास र समृद्धिका सपना देख्नेलाई छेउ लगाएर विकास खानेको हातमा अहिले सत्ताको बागडोर पुगेको ज्ञवालीको भनाई छ ।
ज्ञवालीलेले कर्णालीको समग्र विकासको बाधक व्याप्त भ्रष्टाचार भएको बताउनुभयो । भ्रष्टाचारको दलदलबाट ननिस्किएसम्म कर्णालीको विकासले गति नलिने ज्ञवालीको धारणा छ । कर्णालीमा रहेको प्राकृतिक सम्पदाको सही उपयोग गरेर त्यहाँको विकास गर्न सकिने ज्ञवालीले बताउनुभयो ।
केपी शर्मा ओली नेतृत्वको सरकारकाले कर्णालीको हिल्सालाई अन्ताराष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अधि बढाउने काम गरेको भए पनि अहिलेको सरकारसँग कर्णाली विकासको कुनै योजना नभएको ज्ञवालीको भनाइ छ । अहिलेको सरकारको ध्यान विकास भन्दा पनि सत्ता जोगाउन मात्र केन्द्रित रहेको उहाँले टिप्पणी गर्नुभयो ।
अपर कर्णाली जलविद्युत आयोजना जिम्मा लिएको भारतको जीएमआरले १५ वर्षसम्म आयोजना होल्ड गरेर राखेको ज्ञवालीले बताउनुभयो । सो परियोजनाको काम रोकिएकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला सत्ता लम्ब्याउन फुकोट कर्णाली समेत जिम्मा लगाएर कर्णालीको विकासलाई पछि धकेल्ने काम गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘कर्णालीको समग्र विकासका लागि एमालेको विकल्प छैन’, ज्ञवालीले भन्नुभयो ।