अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रीता थापा

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रीता थापा


काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रीता थापा चयन हुनुभएको छ।

शनिबार रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) प्रदर्शनीमार्ग, काठमाडौंमा सम्पर्क मञ्चको १४औं सम्मेलनबाट थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको हो। मञ्चको उपाध्यक्षमा खड्ग बहादुर मगर र श्याम कुमारी चौधरी चयन हुनुभएको छ।

त्यस्तै सचिवमा होमप्रसाद डाँगी,  सहसचिवमा दौलत बिक्रम राउत र  प्रदिशा घिमिरे  चयन हुनुभएको छ। त्यसैगरी कोषाध्यक्षमा लोकनाथ निरौला (गोपाल) चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरुमा नेत्रराज राई,  गजराज घिमिरे, केशर बहादुर मगर, बिमल कुमार घिमिरे, दिपराज बस्नेत, विक्रम आले मगर, अनु मगर (श्रेष्ठ) गिता मगर, सुब्बा बहादुर खड्‌का, सुवास अधिकारी, सिताराम घिमिरे, विकास थापा मगर, विशाल रोक्का, सिताराम तिमल्सिना, मिलन तामाङ, रिदम किराती, मेदन प्रकाश कटुवाल, लोकेन्द्रचन्द श्रेष्ठ, सविन बलाम्पाकी मगर, इन्द्र बहादुर राई, आशिष ओझा, गणेश बहादुर मगर, खिलबहादुर मगर, दिनेश सुनुवार, सुशान्त राउत चयन हुनुभएको छ।

उमाकान्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमाले पोलिटब्युरो सदस्य मन्जु चौधरीको प्रमुख आतिथ्यतामा तथा कोशी प्रदेश कमिटी सदस्य एवं उदयपुर निर्वाचन क्षेत्र-२ सांसद अम्बर बहादुर रायमाझीको अतिथि आतिथ्यतामा सम्पन्न सम्पन्न भएको हो।

यसैगरी अतिथिहरुमा सम्पर्क समन्वयन कमिटीका सचिवालय सदस्य एवं एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज गिता बराल, कोशी प्रदेश सम्पर्क कमिटीका सचिव सुरज काफ्ले, उपसचिव शान्तिराम न्यौपाने, सदस्यहरू भिम दर्नाल, सरोज थापा, पेशल लुइटेल, पूर्व उपसचिव सिताराम अधिकारी हुनुहुन्थ्यो।

त्यस्तै कोशी प्रदेश कमिटीका सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका उपमहासचिव देवराज राई, कोशी प्रदेश कमिटीका सदस्य डा. भेषराज थापा, कोशी प्रदेश कमिटीका पूर्व उपसचिव शैलेश लामा, पूर्व सदस्यहरु खड्ग परियार, गोपाल खत्री, शम्भु पौडेल अतिथि रहनुभएको थियो।

त्यसैगरी एमाले उदयपुर जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे, एमाले उदयपुर जिल्ला सदस्यहरु नोख श्रेष्ठ, रामशरण चौधरी, रन्जु राई सन्तोष बस्नेत अतिथि रहनुभएको थियो।

उदयपुर जिल्ला बासीहरूलाई तत्कालीन निरङकुस्ता विरुद्धका आन्दोलनमा सहभागी गराउनको लागि २०४७ साल अगाडि विष्णु बहादुर राउतको अध्यक्षतामा उदयपुर मञ्च नामक कमिटीको गठन भएको थियो। सोलाई सम्पर्क मञ्चको पहिलो कमीटीको रूपमा मान्दै आज १४औं सम्मेलनसम्म आइपुगेको मञ्चका पूर्व अध्यक्ष उमाकान्त चौधरीले बताउनु भयो। उहाँले भन्नुनभयो, ‘दोस्रो सम्मेलनले बिक्रम गीरी, तेस्रो सम्मेलनले शम्भु थापा, चौथो सम्मेलेनले ललित कुमार बस्नेत, पाँचौं सम्मेलनले र छैठो सम्मेलनले फनिन्द्र राज कार्की, सातौं सम्मेलनले भरत कुमार थापा, आठौं सम्मेलनले अम्बर बहादुर रायमाझी, नवौं र दशौं सम्मेलनले अम्बर बहादुर राउत, ११ औं सम्मेलनले सिताराम अधिकारी १२ औं सम्मेलनले सरोज थापा र १३ औं सम्मेलनले उमाकान्त चौधरीको अध्यक्षतामा सम्पर्क मञ्च गठन गरिएको थियो।’