अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसीसी वुमन्स प्रिमियर कप : नेपालको लगातार दोस्रो जित 

एसीसी वुमन्स प्रिमियर कप : नेपालको लगातार दोस्रो जित 


काठमाडौँ- नेपालले एसीसी वुमन्स प्रिमियर कपमा आइतबार भुटानलाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो । 

भुटानले दिएकाे ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍‍यो ।

नेपालका लागि ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् । यस्तै रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहिन् ।

ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रन बनाएर आउट भइन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो ।

नेपालले यसअघि हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो । अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।