अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो बनाऔँ: पृथ्वीसुब्बा गुरुङ

राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो बनाऔँ: पृथ्वीसुब्बा गुरुङ


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताउनु भएको छ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि आजसम्म राष्ट्रिय सुरक्षा नीति नबनेको भन्दै चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताउनु भएको हो। उहाँले सीमा व्यवस्थापन तथा सञ्चालन सम्बन्धी ऐन पनि बताउनुपर्ने बताउनु भयो। उहाँले देशको व्यवस्था फेरिए पनि सरकारको काम गर्ने संयन्त्रहरु नफेरिएको भन्दै यसले काम गर्न गाह्रो भएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि राष्ट्रिय सुरक्षा नीति नै छैन हाम्रो अहिलेसम्म। सबै चिजहरुलाई यसले प्रभावित गरिराखेको हुन्छ। राष्ट्रिय सुरक्षा नीति हाम्रो बनाउनु पर्‍यो। सीमा व्यवस्थापन र सञ्चालन गर्ने पनि ऐन छैन हाम्रो। यो अर्को ठूलो समस्या हो। समस्या भइरहेको छ। सीमा व्यवस्थापन तथा सञ्चालन ऐन चाँडोभन्दा चाँडो ल्याउनपर्‍यो।’

उहाँले सबै ऐनहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । सबै जनशक्तिको पनि आधुनिकीकरण गर्नुपर्ने उहाँको भनाई छ।