अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एसकी अनेम संघ केन्द्रिय सदस्य इन्दिरा पोखरेल एमालेमा प्रवेश

नेकपा एसकी अनेम संघ केन्द्रिय सदस्य इन्दिरा पोखरेल एमालेमा प्रवेश


काठमाडौं-नेकपा एकीकृत समाजवादी अनेम संघ केन्द्रिय सदस्य इन्दिरा पोखरेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

आइतबार एक कार्यक्रमबीच इन्दिरा पोखरेल नेकपा एमालेमा प्रवेश गर्नुभएको कोशी प्रदेश कमिटी सदस्य देबराज राईले जानकारी दिनुभयो।

नेकपा एमाले पोलिटब्युरो सदस्य मन्जु चौधरी, कोशी प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य अमर रायामाझी, कोशी प्रदेश कमिटी सदस्य देबराज राई, उदयपुर जिल्ला कमिटी अध्यक्ष प्रमेश्वर घिमिरे, कोशी प्रदेश कमिटी पूर्व सदस्य गोपाल खत्री,  उदयपुर जिल्ला कमिटी सदस्यहरु नोख श्रेष्ठ, तुलसी ढकाल र एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रीता थापाले पोखरेललाई टीका लगाएर पार्टी प्रवेश गराउनु भएको हो।