अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेश कमिटीको अध्यक्षमा विशाल न्यौपाने

अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेश कमिटीको अध्यक्षमा विशाल न्यौपाने


काठमाडाैं-नेकपा एमाले निकट अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेश कमिटीकाे अध्यक्षमा विशाल न्याैपाने निर्वाचित हुनुभएकाे छ।

शनिबार देखि सुरु भएकाे कमिटीकाे प्रथम अधिवेशनबाट न्याैपाने निर्वाचित हुनुभएकाे हाे। अधिवेशन नेपाल ल क्याम्पसमा भएकाे थियाे।

विशाल न्याैपानेकाे नेतृत्वमा बनेकाे नयाँ कमिटीकाे उपाध्यक्षमा साैगातसशेन ढकाल, डम्बर खड्का, आदित्त बाेहाेरा निर्वाचित हुनुभएकाे छ।

त्यस्तै सचिवमा सराेज महर्जन निर्वाचित हुनुभएकाे छ भने सह-सचिवमा प्रियन्का साउद, दिपक बहादुर बिष्ट र प्रशान्त डंगाेल निर्वाचित हुँदा काेषाध्यक्ष सुदर्शन गाैतम निर्वाचित हुनुभएकाे छ।