अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चले खारेज गरिदिएको ‘जनयुद्ध विदा’मा गजुरी गाउँपालिकामा दुईथरी विज्ञप्ती

सर्वोच्चले खारेज गरिदिएको ‘जनयुद्ध विदा’मा गजुरी गाउँपालिकामा दुईथरी विज्ञप्ती


काठमाडौं- माओवादीले शसस्त्र युद्ध सुरुवात गरेको दिन फागुन १ गतेलाई विदा दिन सरकारले गरेको निर्णय सर्वोच्च अदातले खारेज गरेपनि ठाउँठाउँमा भोली विदाका सुचनाहरु आइरहेका छन् । खासगरी माओवादीले जितेका स्थानीय तहका प्रमुखहरुले भोलीको दिनलाई ‘जनयुद्ध दिवश’ भन्दै विदा घोषणा गरेका छन् ।
तर धादिङको गजुरी गाउँपालिकामा भने विदाको विषयमा रमाइलो भएको छ । एउटै गठबन्धनमा माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले भोली सार्वजनिक विदा दिने नगरपालिकाले निर्णय गरेको भन्दै सुचना जारी गर्नु भएको छ । यसको प्रतिवादमा काँग्रेसबाट जितेकी उपाध्यक्ष शर्मिला बिसुरालले अर्को सुचना जारी गरेर भोली विदा दिने निर्णय नगरपालिकाले नगरेकोले पूर्ववत कार्यलय सञ्चालन हुने जनाउनुभएको छ ।
विसुरालले जारी गरेको सुचनामा अध्यक्षले कुनै छलफल विना नै विदा दिनका लागि जारी गरेको सुचना सत्य नभएको बताउनुभएको छ । गाउँपालिकाले भोली विदाको लागि कुनै निर्णय नगरेको उहाँले उल्लेख गर्नुभएको छ । विसुरालले आजै माओवादीकै नेतृत्वमा रहेको गृह मन्त्रालयले जारी गरेको सुचनालाई आधार मान्दै भोली सार्वजनिक विदा नभएको जिकिर गर्नुभएको छ । सर्वोच्च अदालतले गरेको फैसला र गृहमन्त्रालयको आजको सुचना अनुसार भोली फागुन १ गते कुनै प्रकारका विदा नभएकोले गजुरी गाउँपालिका तथा मातहतका सम्पूर्ण कार्यालय,विद्यालयहरु सञ्चालन हुने विसुरालले जारी गरेको सुचनामा उल्लेख छ ।
उपाध्यक्ष विसुरालको समर्थन गर्दै वडा नं ४ का वडाअध्यक्ष सुरेन्द्र प्रजाले पनि सार्वजनिक विदा नरहेको विज्ञप्ती जारी गर्नुभएको छ।