अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रौतहटको अध्यक्षमा सचितानन्द साह

एमाले रौतहटको अध्यक्षमा सचितानन्द साह


रौतहट-नेकपा एमाले रौतहटको दशौं अधिवेशनले सचितानन्द साहलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
साहले अखिलेश्वर चौधरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसैगरी उपाध्यक्ष्मा सातजना उम्मेद्वारबीच भएको प्रतिष्पर्धामा रुपेस पटेल निर्वाचित हुनुभएको छ । पटेलसँग सुरेश यादव,चन्दन कुशवहा,उपेन्द्र यादव लगायतले प्रतिष्पर्धा गरेका थिए । यसैगरी सचिवमा बाबुराम दाहाल निर्वाचित हुनुभएको छ । दाहालसँग शिवप्रसाद आचार्य पराजित हुनुभएको हो । उपसचिवमा ६ जना प्रतिष्पर्धी मध्ये अवधेस यादव र मुना लामिछाने निर्वाचित हुनु भएको छ । अधिवेशनले ११७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुृभएको थियो ।