अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी नेपाली राजनीतिको अस्थिरताको कारक : महासचिव पोखरेल

माओवादी नेपाली राजनीतिको अस्थिरताको कारक : महासचिव पोखरेल


काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेपाली राजनीतिको अस्थितरताको कारक भएको बताउनुभएको छ ।
उहाँले जनयुद्धका नाममा सुरु भएको शसस्त्र युद्धलाई १२ बुँदे सहमति मार्फत शान्तीपूर्ण राजनीतिक कार्यदिशा बदल्न तयार रहेको सो पार्टीले यो सच्चाइलाई नस्विकार्दासम्म अस्थिरताको कारक बनिरहने बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले माओवादीले आफ्नो कार्यदिशा बदल्न तयार भएकै कारण आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पोखरेलको भनाइ छ ।
पोखरेलले सामाजिक सञ्जालमा लेख्नु भएको छ जनयुद्धका नाममा सुरु भएको शसस्त्र आन्दोलनलाई १२ बुँदे सहमति मार्फत शान्तिपूर्ण जनआन्दोलनको राजनीतिक कार्यदिशा बदल्न तयार हुनुको परिणाम हो आजको संघीय लोकतान्त्रिक गणतन्त्र ।यो सच्चाईलाई आत्मसात नगर्दासम्म माओवादी आन्दोलन अस्थिरताको कारक बनिरहनेछ ।