अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीका गोली हान्ने र टाउकाको मूल्य तोक्ने सँगै बसेका छन्: अध्यक्ष ओली

प्रधानमन्त्रीका गोली हान्ने र टाउकाको मूल्य तोक्ने सँगै बसेका छन्: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु संक्रमणकालीन न्यायलाई छिटो यथोचित ढंगले टुंग्याउने पक्षमा रहेको बताउनु भएको छ।

मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री हुँदै प्रचण्ड र शेरबहादुर देउवालाई पनि पटक पटक भनेको बताउनु भयो।

पीडितलाई न्याय दिएर दोषीलाई कारबाही गर्ने पीडितमैत्री बनाउनुपर्ने अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘राज्यको तर्फबाट मानवअधिकार उल्लंघन गर्नेहरु, विद्रोही भनिनेहरु अहिले शासक भएका छन्। अहिले किन मानवअधिकारको इस्यु ? गोली हान्ने र टाउकाको मुल्य तोक्ने सँगै मिलेका छन्।  लडाइँ केका लागि दुई/दुई वर्ष प्रधानमन्त्रीका लागि सँगै बसेका छन्।’