अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ देखि १० सम्म

एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ देखि १० सम्म

मिसन ०८४ लाई सहयोग पुग्ने गरी देशव्यापी रुपमा नयाँ अभियान घोषणाको तयारी


काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ देखि १० गतेसम्म हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा गत बैशाख देखि पदाधिकारी लगायत केन्द्रीय सदस्यहरुलाई भूगोल परिवर्तन गरेर जिम्मेवारी दिएपछिको प्रगति,मध्यपहाडी यात्राको समिक्षा,विभिन्न प्रदेशहरुमा पार्टीको गतिविधी आदिका बारेमा छलफल हुने एमालेले जनाएको छ ।
सधैं दुई दिन मात्र आयोजना गरिने बैठक यस पटक तीन दिन राखिएको छ । मध्यपहाडी यात्राको कार्ययोजनालाई अन्तिम रुप दिन बसेको बैठक गत मंसिरमा एकदिन मात्र भएको थियो । यस पटक सबै केन्द्रीय सदस्यहरुलाई आफ्नो धारणा राख्न दिने गरी बैठकको समय लम्ब्याइएको एक पदाधिकारीले जानकारी दिए । ति पदाधिकारीका अनुसार प्रदेशगत रुपमा समुह विभाजन गरेर केन्द्रीय सदस्यहरुलाई आफ्ना धारणा राख्न दिने केन्द्रीय कार्यलयको तयारी छ । कतिपयले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको जिम्मेवारी पुरानै अवस्थामा फर्किने अनुमान गरे पनि पार्टीका जिल्ला अधिवेशनको म्याद सरेकोले जेठसम्म यथावत जिम्मेवारीमा काम गर्ने गरी पार्टीले तयारी गरेको छ । नेताहरुका अनुसार अहिले प्रदेश र जिल्लामा खटाइएका इन्चर्जाहरुको मुख्य कार्यभार जिल्ला अधिवेशन सम्पन्न गर्नु हो । चैत अन्तिमसम्ममा सक्ने लक्ष्य राखेको अधिवेशन मध्यपहाडी यात्राका कारण जेठ मसान्तसम्म गर्ने गरी पार्टी केन्द्रले म्याद थपेको थियो ।
एमाले स्रोतका अनुसार मिसन ग्रासरुट जस्तै अर्को नयाँ अभियान घोषणा गर्ने तयारीमा एमाले छ । प्रत्येक केन्द्रीय सदस्यहरुलाई गाउँका सामाजिक संस्थाहरु र सामाजिक काममा केन्द्रीत हुन प्रस्तव गरिनेछ ,। जस अनुसार पार्टीको मिसन ०८४ लाई सहयोग पुग्ने गरी स्थानीय स्तरमा भएका विद्यालय,सहकारी,स्वास्थ्य संस्था,क्लब लगायतका मानिसहरुको उपस्थिती धेरै हुने ठाउँमा पार्टीको प्रभाव बढाउने किसिमका गतिविधी गर्न निर्देशन दिने तयारी रहेको छ ।