अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपमेयरर्स फोरम रामेछापको संयोजकमा ईश्वरी बस्नेत

उपमेयरर्स फोरम रामेछापको संयोजकमा ईश्वरी बस्नेत


रामेछाप-उपमेयरर्स फोरम रामेछापको संयोजकमा ईश्वरी बस्नेत चुनिनु भएको छ। 

रामेछाप जिल्लाका आठवटा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले भेलाले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको संयोजकत्वमा आठ सदस्सीय फोरम गठन गरेको हो। 

मन्थली नगरपालिकामा भएको न्यायिक समितिको अन्तरपालिका स्तरीय बैठकमा फोरम बनाइएको संयोजक बस्नेतले जानकारी दिनुभयो। 

फोरमको सहसंयोजकमा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की चुनिनु भएको छ । यसैगरी फोरमको सदस्यहरूमा  खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ, सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट,  लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिन, दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगर, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार चयन हुनुभएको छ। 

स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले स्थानीय तहमा सम्पादन गर्ने कामहरूको अनुभव आदान प्रदान गर्ने उद्देश्य फोरम गठन गरेको हो।