अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेदरल्यान्ड्स विरुद्ध नेपालको शानदार जित

नेदरल्यान्ड्स विरुद्ध नेपालको शानदार जित


काठमाडौं-आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध नेपालले सानदार जित निकालेको छ।
शनिबार भएको लिगको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको फराकिलो जित निकालेको हो।
पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपालले नेदरल्यान्ड्सविरुद्ध बलिङ र ब्याटिङमा दुवैमा शानदार पुनरागमन गरेको हो। नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।
ओडीआई खेलमा नेपालले दोस्रो पटक नेदरल्यान्ड्सलाई हराएको हो। यसअघि सन् २०१८ मा भएको २ खेलको सिरिजमा नेपालले १ रनको जित निकालेको थियो।