अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले चुनौतीहरूका टाउकोमा टेकेर नयाँ उचाईं हासिल गर्ने छः बरिष्ठ उपाध्यक्ष पोखरेल

एमालेले चुनौतीहरूका टाउकोमा टेकेर नयाँ उचाईं हासिल गर्ने छः बरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौं – नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि एमालेले एकल बहुमत प्राप्त गरी सरकार गठन गर्नुपर्ने बताउनुभएको छ । त्यसकै लागि पार्टीले मिसन–२०८४ अगाडि सारेको उहाँले बताउनुभयो ।
नेकपा एमाले पेशागत विशेष जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन सरकारको देश बनाउने कुनै योजना, कार्यक्रम नरहेको बताउनुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले सत्ता गठबन्धनको उद्देश्य भनेको नेकपा एमालेलाई कसरी सिद्धाउन सकिन्छ भन्ने मात्र रहेको बताउँदै त्यसमा दक्षिण, पश्चिमका विदेशी शक्तिहरूको पनि सहयोग रहेको स्पष्ट गर्नुभयो ।
उहाँले नेकपा ९एमाले०ले जुन उचाईं प्राप्त गरेको छ, गौरव गर्न सकिने रहेको र त्यस उचाईंसँगै चुनौतीहरू पनि रहेको उल्लेख गर्दै ती चुनौतीको सामना गरेर अगाडि बढ्ने सामथ्र्य एमालेमा रहेको बताउनुभयो । पार्टीले जति उचाईं प्राप्त गरिरहेको छ, त्यसै बमोजिम सबैको आशा र भरोसाको केन्द्र बनिरहेको उहाँको भनाइ छ ।


बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी राष्ट्रिय शक्तिहरूलाई गोलबन्द गरेर राष्ट्रिय शक्तिको केन्द्र बन्ने बताउँदै चुनौतीको टाउकोमा टेकेर अहिलेको उचाईंबाट नयाँ ठाउँमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा राजनीतिक परिवर्तनपछि नेकपा ९एमाले०को अबको एजेण्डा राजनीतिक स्थायित्वका साथै आर्थिक विकास र समृद्धि रहेको र अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसदिशामा धेरै काम सुरु गरेको चर्चा गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– हाम्रो काँधमा वर्तमानको जिन्दगी बदल्ने अभिभारा छ, चुनौतीले भरिएको यो अभिभारा पूरा गर्ने योजना हामीसँग हुनुपर्छ ।

जनतालाई सेवा प्रवाह, रोजगारी, स्वरोजगारी र सीप सिकाउने कुरा एमालेका मुद्दा हुने बताउँदै उहाँले सेवा प्रवाह गर्ने कुरामा पेशागत क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा एमाले सम्बद्ध सबैले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले प्रभावकारी सेवा प्रवाहबाट मात्र जनतामा सिर्जना भइरहेको निराशा रोकेर आशामा बदल्न सकिने बताउनुभयो । पार्टी र जनताबीचको सम्बन्ध टाटेपाटे हुन थालेकाले जनसम्बन्धलाई सुदृढ बनाउन मध्यपहाडी लोकमार्गमा ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ नाराका साथ समृद्धि यात्रा सम्पन्न गरिएको स्पष्ट गर्दै पार्टी संगठन, कमिटीहरूका जनसम्बन्ध विस्तारका योजना हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी कमिटीहरू चुस्तदुरुस्त हुनुपर्ने अन्यथा पार्टी भीडमा परिणत हुनेतर्फ ध्यानाकर्षण गराउँदै नेताकार्यकर्ताहरूले योग्यतापूर्वक क्षमता विकास गर्नुपर्ने बताउनुभयो ।


उहाँले अधिवेशनबाट जिल्ला कमिटीको नेतृत्व चयनमा योग्यमध्ये योग्यतम साथीलाई छनौट गर्न आग्रह गर्दै नेतृत्व चयनका लागि ‘माथि’बाट कसैले इशारा गर्दैन भन्नुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्व चयनमा सर्वसम्मति हुनसक्दा त्यो पनि प्रजातान्त्रिक अभ्यास नै हुने बताउँदै प्रतिस्पर्धा गर्दा पनि विधिसम्मत गर्न र तमासा नदेखाउन आग्रह गर्नुभयो ।
उहाँले विशेष जिल्ला कमिटीको भूमिका भूगोलका कमिटीको जस्तो नभई विशेष नै रहेको बताउँदै भौगोलिक क्षेत्रको राजनीतिक प्रतिस्पर्धामा विजय प्राप्त गर्न भूगोलका कमिटीको पूरकका रूपमा भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।
उपत्यकामा पेशा व्यवसायको क्षेत्रमा संगठन गरिरहेको र विगतमा अनेक कोर्शबाट आफूलाई गुजारेर तत्कालीन परिस्थिति अनुसार परिवर्तन हुँदै आज विगतको निरन्तरताका साथै विकसित पाटोका रूपमा जिल्ला कमिटीका रूपमा रहेको सन्दर्भमा यसको इतिहास, अग्रजहरूको भूमिका अभिलेखका रूपमा तयार गर्न आग्रह गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले त्यो नयाँ पुस्ताका लागि प्रेरणा र गौरवको विषय हुनसक्ने विचार व्यक्त गर्नुभयो ।
पार्टीमा कमिटीलाई चुस्त दुरुस्त बनाउनु आवश्यक रहेको र नेताकार्यकर्ताको आचरण र व्यवहारमा प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने बताउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी कमिटीका पेचकिला र जुइना कँसेर एमालेलाई बलियो शक्ति बनाउन शुद्धीकरण तथा सुदृढीकरण अभियान अगाडि बढाउने विषयमा आगामी सातौं केन्द्रीय कमिटी बैठकमा छलफल गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले जिल्ला कमिटीद्वारा प्रकाशित मुखपत्र हाम्रो बाटो लोकार्पण गर्नुभएको थियो ।
उद्घाटन समारोहमा नेकपा ९एमाले०की पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश इन्चार्ज सुजिता शाक्यले वर्तमान गठबन्धन सरकारले जनतामा निराशा दिनुका साथै पेशा व्यवसायीलाई हतोत्साहित र देशमा अविकास र युवा पलायन बाहेक केही सकारात्मक काम नगरेको बताउनुभयो ।
पेशा व्यवसायमा रहेको जनशक्ति राष्ट्र निर्माणका लागि ऊर्जा भर्ने शक्ति भएको बताउँदै अधिवेशनको नेतृत्व चयन स्वस्थ र सभ्य रूपमा बलियो संगठन निर्माण गर्नसक्ने सक्षम नेतृत्व चयन गर्न शुभकामना दिनुभयो ।
पेशागत विशेष जिल्ला कमिटीको विगतको योगदानको चर्चा गर्दै उहाँले संगठनमा अमृत फलाएर जीवन दिन आग्रह गर्नुभयो ।
पेशागत विशेष जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष मोहन पराजुलीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्ज बीना श्रेष्ठ, केन्द्रीय सदस्यहरू गोविन्द दुलाल, बालिका गिरी, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशन बन्द सत्र सञ्चालनका लागि नेकपा ९एमाले०की केन्द्रीय कमिटी सदस्य तथा पेशागत विशेष जिल्ला कमिटी इन्चार्ज बीना श्रेष्ठको अध्यक्षतामा प्रेमकुमार पराजुली, मिलन धरेल, बाबुराम अधिकारी र प्रकाश विक सदस्य रहनुभएको अध्यक्षमण्डल गठन गरिएको छ ।

Skip This