अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत नदिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत नदिने


जनकपुरधाम-मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ। मुख्यमन्त्री यादवको एक वर्षे कार्यकाल सन्तोषजनक नरहेको तथा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको खण्डमा सभामा पाएको प्रमुख प्रतिपक्षी दलको भूमिका जाने भनेर एमाले बाध्यात्मक अवस्थामा पुगेको छ।

अहिले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर पनि एमाले सभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। तर, मधेश सत्तागठबन्धनबाट जनमत पार्टी अलग भएपछि प्रमुख प्रतिपक्ष दल आफू पाउने दाबी गरिरहेको छ। यस्तो बाध्यात्मक अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमालेका एक सांसदले जानकारी दिनुभयो। नेकपा एमालेका संसदीय दलाका उपनेता दीपेन्द्र ठाकुरले अहिलेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय नभएको बताउनुभयो।