अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको सातौं बैठक आज देखि तीनदिन सम्म, एजेण्डाहरु यस्ता छन्

एमाले केन्द्रीय कमिटीको सातौं बैठक आज देखि तीनदिन सम्म, एजेण्डाहरु यस्ता छन्


काठमाडौं-नेकपा एमाले केन्द्रीय कमिटीको सातौं बैठक आजबाट सुरु हुँदैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने बैठक तीन दिनसम्म चल्नेछ।

आजको बैठकका लागि यस अघिको २७औं पार्टी सचिवालयको बैठकले निर्णय गरेका कार्यसुचीहरु छलफलका लागि प्रस्ताव गरिने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले भन्नुभएको थियो, ‘यो बीचमा सुशासनका प्रश्नमा गम्भीर विचलन देखा परेको छ। मुलुक एक प्रकारले आर्थिक संकटतर्फ उन्मुख भइरहेको अवस्थामा राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने र एजेन्डा तयार गर्ने निर्णय भएको छ ।’

बैठकमा संगठनात्मक कामका प्रतिवेदनहरु पनि प्रष्तुत हुने कार्यक्रम छ । जस अनुसार गैह्र भौगोलिक सहित आठवटै प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो प्रदेशमा पार्टीको अवस्थाका बारेमा रिर्पोटिङ गर्नेछन्। गतवर्ष मिसन ग्रासरुट भन्दा ठिक अघि पार्टीले तयार गरेको एक वर्षे कार्ययोजनाको उपलब्धीका बारेमा समेत बैठकमा छलफल हुने जनाइएको छ।

यसैगरी पार्टीले मंसिर १४ देखि पुष २ सम्म सञ्चालन गरेको मध्यपहाडी यात्राको समिक्षा पनि बैठकमा हुने गौतमले जानकारी दिनुभयो । पार्टीबाट निर्वाचित जनप्रतिनिधी,नेता तथा कार्यकर्ताहरुमा विभिन्न प्रकारका बिचलन बढ्दै गएकोले त्यसको व्यवस्थापनतर्फ पनि पार्टीले विशेष योजना बनाउने तयारी गरेको छ।

विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका नेताहरुलाई जिम्मेवारी दिने र दशौं महाधिवेशनमा केन्द्रीय कमिटीमा जिम्मेवारी नपाएका केही पुराना नेताहरुलाई पनि नयाँ जिम्मेवारी दिने विषयमा पनि छलफल हुने गौतमले जानकारी दिनुभयो ।
एमालेका एक पदाधिकारीका अनुसार यस पटकको बैठक तीनदिन सम्म सञ्चालन हुनेछ। यस अघि बढीमा दुई दिन मात्र केन्द्रीय कमिटीको बैठक हुने गरेको थियो । यस पटकको बैठकमा समुह विभाजन मार्फत सबै केन्द्रीय सदस्यहरुलाई आफ्ना मत राख्न दिइने भएको छ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राख्ने र समुह विभाजन गरेर स्थगित गरिनेछ । भोलीको बैठकमा समुह छलफलहरु घनिभूत गरिनेछ । समुह विभाजन गर्दा प्रादेशिक रुपमा नै गरिने ति पदाधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीको आगामी कार्ययोजना कस्तो हुनु पर्दछ भनेर केन्द्रीय सदस्यहरुले राय परामर्श दिनेछन् । पर्सी १० गते समुहगत प्रष्तुती हुनेछ र अध्यक्ष ओलीले समुहका निष्कर्षलाई सम्बोधन गर्दै बैठक समापन गर्ने तयारी छ ।

अध्यक्ष ओलीले यस अघि भन्दै आउनु भएको प्रदेश अध्यक्षहरुको हैसियत पोलिटव्यूरोबाट केन्द्रीय सदस्यमा सिमित गर्ने विषय पनि पार्टीमा निर्णय हुने सम्भाावना छ ।