अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका चार कार्ययोजनामा ९ वटा समुहले भोली छलफल गर्ने

एमालेका चार कार्ययोजनामा ९ वटा समुहले भोली छलफल गर्ने


काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरू प्रस्तुत भएका छन्।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गर्नु भएको छ।
त्यस्तै ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने विषय उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेका पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
उहाँले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताउनुभयो।

‘बैठकमा ४ वटा अवधारणा पत्रहरू कार्ययोजनाहरू प्रस्तुत भए’ गौतमले भन्नुभयो ‘प्रस्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ। त्यसमा खासगरी पार्टी स्थायी कमिटी नै एउटा समूहमा छ। कोही, मधेश हुँदै सात प्रदेशहरुका समूहहरू छन्। एउटा समन्वय कमिटीहरु, उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको अर्को समूह छ।’