काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको आरोप लगाउनुभएको छ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटीको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताउनुभयो। उहाँले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताउनु भयो। उहाँले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गर्नुभयो।
दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको उहाँको भनाई छ। अध्यक्ष ओलीले एउटा मन्त्री निर्लज्ज भएमा सरकार/प्रधानमन्त्री नै निर्लज्ज हुन नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मान्छे मरेका छन्, युवाहरु मरेका छन्। युवा मारिएका विषयमा प्रतिवेदनले भन्छ मन्त्री दोषी छ, पहिलो पटक दुनियाँको इतिहासमा यस्तो सुनिँदैछ, सायद यस्तो हुँदैन । लोकतन्त्र मान्ने प्रणालीमा यस्तो हुँदैन। मन्त्री दोषी छ जसले गर्दा युवा मारिए । आफैँले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ । मन्त्री फुर्तिसाथ हिँड्छ । आत्मग्लानी छँदैछैन। न सरकारलाई न मन्त्रीलाई । प्रधानमन्त्रीलाई अफ्ठ्यारो भएको छैन । मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन। मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने। एउटा व्यक्तिको स्वार्थमा, एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिकमा जाने । नैतिकता भन्नेकुरा सिंगै देशले छोड्ने ?’






प्रतिक्रिया