अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन खरानीको डल्लो हो सुके पनि फुट्छ, भिजे पनि फुट्छ: अध्यक्ष ओली

गठबन्धन खरानीको डल्लो हो सुके पनि फुट्छ, भिजे पनि फुट्छ: अध्यक्ष ओली


विराटनगर- नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिनुभएको छ।
सुनसरी जाने क्रममा विरटनगर विमानस्थलमा पत्रकासरहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो गठबन्धन खरानीको डल्लो सुक्यो भने पनि फुट्छ। भिज्यो भने पनि फुट्छ। यसको कुनै अर्थ छैन । उहाँले अहिले सरकार फेर्ने खेलमा एमाले नलाग्ने स्पष्ट पार्नुभयो।

उहाँले एमाले मिसन ८४ मा लागेको भन्दै अहिले सरकारको विषय प्राथमिकतामा नरहेको बताउनुभयो।

उहाँले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताउनुभयो ।

उहाँले गर्दै संविधान के का लागि किन र के संशोधन गर्ने स्पष्ट हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले कांग्रेस अहिले प्रतिगामी सोचका साथ अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो ‘एमालेले प्रतिगमनका लागि साथ दिनु पर्ने ?’