अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको सम्मेलन फागुन १९ गते हुने

एमाले सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको सम्मेलन फागुन १९ गते हुने


काठमाडौं-नेकपा एमाले सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलन यही फागुन १९ गते हुने भएको छ।

सम्मेलन फागुन १९ गते शनिबार बिहान १० बजेबाट काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेसमा सुरु हुने सम्मेलनका संयोजक झलक कुमार श्रेष्ठले जानकारी दिनुभयो।

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा ११औं सम्मेलन सम्पन्न गर्न लागेको झलक श्रेष्ठले बताउनुभयो। यसैगरी विशेष अतिथिमा नेता लालबाबु पण्डित रहनुहुने उहाँले बताउनुभयो।

सम्मेलनमा सिन्धुलीबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेसा व्यवसाय गरी बसोबास गर्नुहुने आमाबाबु, दिदीबहिनी, दाजुभाइ, नेता, सामाजसेवी, बुद्धिजीवि, शिक्षक, कलाकार, वकील, विद्यार्थी, मजदुर, एमालेका सक्रिय कार्यकर्ता तथा एमाले शुभेच्छुक, शुभचिन्तक साथै माया गर्नुहुने सम्पूर्ण महानुभावलाई २०८० फागुन १९ गते शनिबारका दिन बिहान ज्बिञण बजे जुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेसमा सहभागी हुनका निम्ति संयोजक ‍झलक श्रेष्ठले हार्दिक निमन्त्रणा गर्नुभएको छ।

राजनीतिकदेखि विभिन्न सामाजिक तथा आर्थिक कार्यहरुमा सक्रिय रहँदै आएको सम्पर्क मञ्चले अधिवेशन पश्चात् नयाँ कार्यसमिति चयन गर्नेछ।