अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा ओली र देउवासँग छुट्टाछुट्टै छलफल

प्रधानमन्त्रीद्वारा ओली र देउवासँग छुट्टाछुट्टै छलफल


काठमाडाैं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गर्नुभएकाे छ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग आज छुट्टाछुट्टै छलफल गर्नुभएकाे हाे । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेले पीडितलाई केन्द्रमा राखेर मात्र टीआरसी विधेयक पारित गर्नुपर्ने र गम्भीर मानव अधिकार उल्लंघनमा संलग्नलाई माफी दिन नमिल्ने  स्पष्ट अडान लिँदै आएकाे छ।

प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानव अधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ। सोही विधेयकमाथि छलफल गर्न आज समितिको बैठक बस्दै छ।