अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई भेट्न सहरी विकास मन्त्री सीता गुरुङ बालकोटमा

एमाले अध्यक्ष ओलीलाई भेट्न सहरी विकास मन्त्री सीता गुरुङ बालकोटमा


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सहरी विकास मन्त्री सीता गुरुङ बालकोट पुग्नु भएको छ। मन्त्री गुरुङ काँग्रेस सभापति शेरबहादुर देउवाकी विश्वास पात्र हुनुहुन्छ।

केही बेरअघि बालकोट पुग्नु भएकी गुरुङले सत्ता राजनीतिको विषय भन्दा दमकमा निर्माण गरिएको बहुतले विजनेस टावर उद्घाटनको बारेमा सल्लाह गर्न बालकोट जानु भएको मन्त्री निकट स्रोतले जानकारी दिएको छ।

२०७२ सालमा प्रधानमन्त्री भएका बेला ओलीले दमक नगरपालिकामा सो टावरको शिलान्यास गर्नु भएको थियो। १८ तले सो टावर निर्माणको सम्पूर्ण काम सकिएकोले त्यसको सञ्चालन मोडालिटी र उद्घाटनको मितिको बारेमा मन्त्री गुरुङले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो।
सहरी विकास मन्त्रालयले आगामी वैशाख १ गते सो टावर उद्घाटनको तयारी गरेको छ।