अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ


काठमाडौँ-राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उहाँहरुलाई सपथ गराउनुभएको हो। 

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यलाई सभाको प्रतिक चिन्ह लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो । सभामा यही फागुन २० गतेदेखि कार्यकाल सकिने १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो ।  समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।

Skip This