काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी दिवंगत माताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
शुक्रबार बिहान पशुपतिस्थित आर्यघाटमा पुगेर अध्यक्ष ओलीले रनधता पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन्। सो अवसरमा उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायतले पनि आर्यघाटमै पुगेर पोखरेललाई श्रद्धाञ्जली दिएका छन्।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहेकी पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, सङ्घीय सांसद, प्रदेशसभाका सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतका नेता आर्यघाट पुगेका थिए।
एमाले नेता पोखरेल तथा अधिकारकर्मी शुभराज पोखरेलकी माता रनधताको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। तामाकोशी गाउँपालिका–३, जफेको लप्से घर भई हाल भक्तपुरको लोकन्थलीमा बसोबास गर्दै आएकी उनको २०८३ कात्तिक १९ गते निधन भएको हो।
रत्नकलाको निधनप्रति परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्। विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले पोखरेल परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।













प्रतिक्रिया