काठमाडौं-नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुग्नुभएको छ।
एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह गरिरहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपालसँग भेटेरै यसबारे कुरा गर्न खाेजिएको एक स्रोतले जनाएको छ। छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी हुनुहुन्छ। यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको थियो।
सोमबार नै एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो। अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर कोटेश्वरमै आराम गरिरहनुभएको छ।
प्रतिक्रिया