अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ: आफूसँग हुँदा इमान, अरुसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ: आफूसँग हुँदा इमान, अरुसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकोमा असन्तुष्टि जनाउनु भएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले आफूले बेइमानी नगरेको दाबी गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको भन्दै अरुसँग जानेबित्तिकै त्यस्तो नहुने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन। सोझो भाषामा भन्न चाहन्छु, राजनीतिमा केही आशंका आएपछि यो भएको हो।’

उहाँले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटिको कारणले मैले यो कदम सोचेरै यो कदम चालेको बताउनु भयो। 

‘कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ, भर्खरै मैले समाचारमा पढेँ। नेपाली कांग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पढेँ। यथार्थ के हो, अहिले नेपाली कांग्रेसका प्रतिनिधिले भन्नुहोला,’ उहाँले भन्नुभयो, ‘यसलाई मैले जसरी संक्षिप्तमा व्याख्या गर्ने कोसिस गरेँ, राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटीको कारणले मैले यो कदम सोचेरै चालेको छु।’

सरकारको गतिबाट आफू असन्तुष्ट भएको कुरा धेरै पहिलेदेखि भने पनि कांग्रेसबाट सहयोग नपाएको प्रधानमन्त्रीको आशय थियो ।