अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया मात्र होइन: देवेन्द्र दाहाल

राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया मात्र होइन: देवेन्द्र दाहाल


काठमाडौं-नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रियसभा प्रतिनिधि सभाको छाया मात्र नरहेको बताउनु भएको छ।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई बिहिबार राष्ट्रिय सभामा स्वागत सम्वोधनका क्रममा उहाँले सभाले स्थापित गरेका मानकहरुलाई नयाँ सदस्यहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका रहने समेत बताउनुभयो।

राष्ट्रिय सभामा सर्वसम्मतिको अभ्यास मानकका रुपमा स्थापित भएको र अधिकांश विधेयकहरु सर्वसम्मत रुपमा पारित हुने गरेको समेत नेता दाहालले बताउनुभयो । प्रतिनिधी सभामा सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा सदन स्थगित हुँदा समेत राष्ट्रिय सभा सञ्चालन हुने गरेको उल्लेख गर्दै उहाँले कानून निर्माणका क्रममा नयाँ सदस्यहरुको पनि प्रभावकारी सहभागीता रहने विश्वास व्यक्त गर्नु भयो।

राष्ट्रिय सभा सदस्यका रुपमा अनुभवी राजनीतिज्ञहरुको समेत प्रवेशले सदनको गरिमा बढाएको भन्दै उहाँले राष्ट्रिय सभा पुराना नेताहरुलाई थन्क्याउने थलो भएको टिप्पणीलाई उहाँहरुको कार्यसम्पादनले चिर्ने समेत उहाँको भनाई थियो ।