अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश बनाउने अभिभारा एमालेको काँधमा छ: अध्यक्ष ओली

देश बनाउने अभिभारा एमालेको काँधमा छ: अध्यक्ष ओली


 कञ्चनपुर-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको बताउनु भएको छ।

बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बचाउने, सुद‍ृढ र विकसित बनाउने अभिभारा एमालेकाे काँधमा रहेकाे बताउनुभयाे।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको विकास निर्माणले तीव्रता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा जोड दिनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो,  ‘देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको छ। हाम्रो नीति अनुसार हामी सुदूरपश्चिमको विकासलाई अगाडी बढाउँछौँ । तीन वर्षमा प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामहरूले अब निरन्तरता पाउँछन्।’

उहाँले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताउनु भयो । ‘हामीले सुख्खा बन्दरगाह अगाडि बढाएका थियौँ त्यो काम प्रगतिहीन भयो । दैजीमा हामीले औद्योगिक क्षेत्र शिलान्यास गरेका थियौँ त्यो पनि अगाडि बढेको छैन’ ओलीले भन्नुभयो, ‘अब सुदूरपश्चिममा औद्योगिक विकासले गति पाउँछ । यहाँका औद्योगिक विकासको लागि यही बैतडीबाट निर्वाचित दामोदर भण्डारीलाई उद्योग मन्त्री बनाएका छौँ।’

अध्यक्ष ओलीले जिल्ला नेतृत्वको लागि सक्षम र सबल नेतृत्व चयन गर्न पनि नेता कार्यकर्ताहरूलाई सुझाव दिनुभयो । ‘जनतामा राजनैतिक जागरण सामाजिक नागरिक सुरु गर्नुपर्छ त्यसको अगुवाइ नेकपा एमालेले गर्छ’ ओलीले भन्नुभयो, ‘त्यस अनुसारको नेतृत्व अगाडी बढाउनु पर्छ । सबैले यहाँबाट सहयोग गर्नुपर्छ ।’

अध्यक्ष ओलीले कञ्चनपुरका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सबै वडामा विजयी हुनेगरी काम गर्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।

Skip This