अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा एमालेले माग्यो मुख्यमन्त्री कार्कीको राजीनामा

कोशीमा एमालेले माग्यो मुख्यमन्त्री कार्कीको राजीनामा


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेश सरकार अल्पमतमा परेका कारण मुख्यमन्त्री केदार कार्कीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको छ।

आज संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै नेता भण्डारीले तत्काल सरकार छाड्न मुख्यमन्त्री कार्कीलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो सरकार राजनीतिक रूपमा अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिन आग्रह गर्दछु।’

प्रमुख सचेतक भण्डारीले भोलि प्रदेशसभामा यो विषय प्रवेश गर्नेबित्तिकै सभामुखले अल्पमतमा परेको वैधानिक सूचना दिएपछि त्यो बेला मुख्यमन्त्री अप्ठ्यारोमा पर्ने अवस्था आउने बताउनु भयो।

संविधानको धारा १८८ को उपधारा १ को अवस्था आएमा अल्पमतमा परेको अवस्थामा विश्वासको मत लिनुपर्छ, त्यस्तो अवस्थामा विश्वासको मत लिन पाउँदिनँ भन्न नपाउने उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका नेता केदार गत असोज २७ गते मुख्यमन्त्री बन्नुभएको थियो।