अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ठमेलको जुद्धोदय माविको करोडौंको भाडा कसले खाइरहेको छ: रघुजी पन्त

ठमेलको जुद्धोदय माविको करोडौंको भाडा कसले खाइरहेको छ: रघुजी पन्त


काठमाडौँ-नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौँको ठमेलस्थित जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ भन्दै काठमाडौँ महानगरपालिका र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउनु भएको छ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले स्थापना गरेको जुद्धोदय माविको अहिले बेहाल भएको बताउनु भयो। 

उहँले भन्नुभयो, ‘काठमाडौँको ठमेलमा जुद्धोदय स्कुल थियो जहाँ मैले पढेको थिएँ। त्यो भवन कता गयो ? त्यसको ठाउँमा नयाँ बिल्डिङ बनायो, कमिसन र ठेक्कामा त्यहाँको हेडमास्टरले बदमासी गरेर अहिले सानो कुनामा स्कुल थन्किएको छ। महिनाको करोडौँको भाडा कसले खाइरहेको छ पत्तो छैन।’ 

सांसद पन्तले त्यसको छानबिनका लागि महानगरपालिकामा निवेदन समेत दिइएको तर अहिलेसम्म छानबिन नभएको बताउनुभयो। पन्तले भन्नभयो, ‘जुद्धोदय माविको विषयमा छानबिन होस भनेर महानगरपालिकामा पनि निवेदन दिएको थिएँ, तर छानबिन भएको छैन। त्यसैले म काठमाडौँ महानगरपालिका, शिक्षा मन्त्रालय, उपत्यका र देशभरिका शैक्षिक संस्थाको जग्गा जसरी लुट भएको छ त्यसको बारेमा गम्भीरतापूर्वक छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गर्दछु।’