अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाममा सुहाङलाई समर्थन गर्ने दलहरु थपिदै, हिजो माओवादीले आज नेकपाले समर्थन गर्यो

इलाममा सुहाङलाई समर्थन गर्ने दलहरु थपिदै, हिजो माओवादीले आज नेकपाले समर्थन गर्यो


काठमाडौं – इलाम २ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने दलहरुको संख्या ढबी रहेको छ । हिजो मात्र नेकपा माओवादी केन्द्रले नेम्वाङलाई समर्थन गरेकोमा आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समर्थन गर्ने भएको छ । विप्लव नेतृत्वको नेकपाले गरेको समर्थनमा एमालेका महेश बस्नेत,माओावादीका विजय खम्बू र नेकपाका मौसम सीले हस्ताक्षर गरेका छन् । केही दिन भित्रै नेकपा एसले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएर नेम्वाङलाई समर्थन गर्ने तयारी छ । त्यसका लागि छलफल जारी रहेको इलाम एमाले स्रोतले जनाएको छ ।

तीन दलले जारी गरेको अपिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय सहमति भएको उल्लेख छ ।