अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोमको ‘मिसन-८१’ तीन हजारमै वार्षिक रिचार्ज

डिशहोमको ‘मिसन-८१’ तीन हजारमै वार्षिक रिचार्ज


नयाँ वर्ष २०८१ को शुरूवात सँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि ‘डिशहोम मिसन ८१’ योजना लिएर आएको छ। यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु. ३ हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्।

ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने डिशहोमले जनाएको छ।

नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरू मार्फत ग्राहकहरूले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन कम्पनीले आग्रह गरेको छ।

कम्पनीका अनुसार फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।